काठमाडौँ । काममा नतिजा दिने र प्रष्ट बिचार बोक्ने महालेखा नियन्त्रक शोभाकान्त पौडेल खरो स्वभाबका कारण नै सबैका प्रीय बन्न पुगेका देखिन्छन् ।दोहोरो चरित्र नभएका प्रष्ट संग कुरा राख्ने र नागरिकको हितमा निरन्तर लागिरहेका प्रशासकका रुपमा परिचित छ्न्। जहाँ जहाँ बसे सो स्थानमा उल्लेखनीय नतिजा ल्याएर कार्यसम्पादनमा अब्बल नै देखिएको उनका कार्य नजिकबाट मुल्यांकन गर्नेहरूको धारणा छ।
पछिल्लोपटक गृह मन्त्रालय भित्रको गुनासोलाई न्यूनीकरण गर्नाका निम्ति पनि सचिब शोभाकर भित्र्याउनु पर्ने काङ्ग्रेसी सांसदहरुले गृहमन्त्रीलाई सुझाब सहितको लविङ गरेको बुझिएको छ।
भिजिट भिसा र प्रजिअ सरुवामा समेत रकम असुलेको आरोप खेपेका सचिब गोकर्णमणि दुवाडिले निवर्तमान सचिब टेकनारायण पाण्डेलाई समेत जितेको बताएको छ।
मुख्यसचिव बन्न र निजामती ऎन बिबादास्पद गराउन चर्को लविङमा लागिपरेका सचिब दुवाडीको सानो चित्तले मातहतका निकायले अभिभावक नभएको महसुस गरेको गृहका एक कर्मचारीले सम्पत्ति न्युजलाइ बताए। सिमानाका प्रजिअ र प्रहरी उपरीक्षक सग मासिक आशा राख्ने सचिब दुवाडी इतिहासकै एक गृह सचिब बन्न पुगेकाले पनि काङ्ग्रेसीहरु चाडैं विकल्प खोज्न पुग्दा पौडेल भित्र्याउन लागेको बुझिन्छ ।त्यसो त राष्ट्रपति कार्यालयका दिपक काफ्ले, नारायण दुवाडी समेतलाई विकल्पको रुपमा हेरिएको छ।