काठमाडौँ । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।
