काठमाडौँ । नायव महालेखापरीक्षक एवं सहसचिव इन्द्र प्रसाद आचार्य सचिवमा बढुवा भएकाे छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ नायव महालेखापरीक्षक त्रय घनश्याम पराजुली, इन्द्रदेव आचार्य र चन्द्रकान्त भण्डारीको नाम सिफारिस गरेको थियो ।