रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा

Nepal Cover
११ भाद्र २०८२, बुधबार
image

बुटवल  ।  पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित  उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् । बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै पौडेलले यसअघि पनि जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेकी थिइन् ।

उनको रिट खारेज गर्दै रविलाई छाड्न अदालतले अस्वीकार गरेको थियो । रुपन्देही अदालतले अस्वीकार गरेपछि निकिता उच्च अदालत पुगेकी हुन् ।