सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

Nepal Cover
१२ भाद्र २०८२, बिहीबार
image

काठमाडौं । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८.१० अंक घटेसँगै आज २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९ करोड रुपैयाँको भयो । २४ कम्पनीकमो मूल्य बढ्दा २२७ को घट्यो । आज सबै सेक्टरका सूचक घटे ।

विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सो कम्पनीको शेयरमूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन मूल्य बढेका अरु स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ओरियन्टल होटलको शेयरमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ३५ करोड रुपैयाँ नाघेको छ।

विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटे । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशत बढ्यो ।