भन्सार विभागबाट एकैपटक ५३ जना अधिकृतको सरुवा, को कहाँ गए (नामावलीसहित)

Nepal Cover
१३ भाद्र २०८२, शुक्रबार
image

काठमाडौँ । भन्सार विभागले विभाग तथा मातहतका ५३ शाखा अधिकृत र भन्सार अधिकृतको सरुवा गरेको छ।

सरुवामा विभागमा कार्यरत अधिकृतहरूलाई भन्सार कार्यालयमा भन्सार अधिकृत बनाइ पठाइएको छ भने भन्सार अधिकृतहरूलाई विभाग वा अन्य कार्यालयमा स्थानान्तरण गरिएको छ। श्याम भण्डारीले भन्सार विभागमा महानिर्देशक पदको जिम्मेवारी सम्हाल्नेवित्तिकै सुधारका संकेतहरु देखिन थालेका छन् । अहिले ५३ जनाको काज सरुवा गर्दा एकचोटी काम गरिसकेको ठाउँमा पुनः त्यो कार्यालयमा नपठाउने र अवधि नुपुगेकालाई सरुवा नगर्ने निती नै भन्सार कर्मचारी व्यवस्थापनमा सुधारको संकेतका रुपमा देखिएको छ ।

भण्डारीको टीममा उनीसँगै सरुवा भएर आएका उपमहानिर्देशक भरतमणि पाण्डे र पहिलेदेखि कार्यरत अमृत लम्साल उपमहानिर्देशकका रुपमा कार्यरत छन् । महानिर्देशक भण्डारीसहित तीनजनाको समूहले भन्सार क्षेत्रमा उल्लेखनीय सुधार गर्ने संकेत देखिएको छ । ५३ जनाको सरुवा गर्दा भण्डारीले केही व्यक्तिहरुको समूहलाई हालीमुहाली गर्न दिएनन् । यस्तै विगतमा डीजीहरुलाई धम्क्याउँदै गलत काम गर्न बाध्य बनाउने समूहसँग हालका डीजी भण्डारी असहमत भएपछि पद्धति बिर्गादै गैरकानुनी चलखेल गर्ने समूहलाई छटपटि भएको छ ।

हालका महानिर्देशक भण्डारीसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयको विभिन्न महाशाखा, प्रदेशको अर्थसचिवलगायत निकायमा काम गरेको अनुभव छ । गहन अनुभवका कारण पनि महानिर्देशक भण्डारी कसैको उक्साहटमा नलागिकन भन्सारको कानुनअनुसार चल्ने देखिन्छ । उपनिर्देशक पाण्डे पनि भैरहवा, कास्की र भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका व्यक्ति हुन् । पाण्डेको अनुभव पनि विभागले गर्ने कामका लागि प्रभावकारी हुने विश्वास गरिएको छ ।