काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ ।
भोलि (शनिबार) चीन जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने भेटवार्ताका विषयबारे संसद्लाई जानकारी दिनेछन् ।
सिंहदरबारमा हिजो प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।