काठमाडौँ । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
न्याय परिषद्को सिफारिसमा उच्च अदालत पाटनका न्यायाधीश भट्टलाई अध्यक्ष बनाइएको हो। न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो ।
सदस्यहरूमा न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला रहेका छन्। हालसम्म अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएका छन्।