बागमती । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएको छ। बैठकमा प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिए।
विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुंगिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उनले बताए।
आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू वाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताए । यसैबीच, प्रदेश सभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११:०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।