काठमाडौं। सघ मातहतका कार्यालयमा लेखाको कामकाज गराउन महालेखा नियन्त्रकको कार्यालयले कर्मचारी खाटाउने गरेको भएपनी वर्षौंदेखि सरुवा न्यायोचित बन्न नसकेको आरोप नेतृत्वले ब्योहोर्दै आएको थियो।
नियन्त्रकको कार्यालयले लामो समय देखी कर्मचारी खटाउन सकेको थिएन। काठमाडौ जिल्ला प्रशासन कार्यालय देखि ओखलढुंगा जिल्ला प्रशासन कार्यालय सम्मका कतिपय निकायमा बिगत ६ वर्ष देखि लेखापाल ले सरुवा माग्दा नि सुनुवाइ भएको थिएन।
जबकी दुई दुई वर्षमा कर्मचारी सरुवा गर्नुपर्ने प्राबधान रहेपनी संघसंगठनको हस्तक्षेप र महालेखा नियन्त्रकको विवेक चल्न नसक्दा सयौं कर्मचारीले अन्याय भोग्दै आएका थिए।
जब नियन्त्रक कार्यालयमा सचिब शोभाकन्त पौडेल आए उनको आगमन संगै वर्षौ देखी अन्यायमा पिल्सिएका कर्मचारीले न्यायको अनुभुती गर्दैछ्न् भनिएको छ।
भाद्र महिनाको सुरुवात संगै उपसचिव , अधिकृत र लेखापालको सरुवाको नामावली हेर्दा साच्चै काम गर्ने नियन्त्रक नै महालेखा नियन्त्रकको कार्यालयलाई चाइएको रहेछ भन्ने चर्चा मुख्यसचिव सचिवालयमा एक कर्मचारीले सम्पत्ति न्युज सगको भेटमा बताएका छ्न्।
नियत सफा राखेर काम गर्दा हरेकको मन जित्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सचिब शोभाकान्त पौडेल ।
काखा र पाखा गर्दै सरुवा गर्ने प्रचलन यसपटक नियन्त्रकको कार्यालय भित्र चल्न सकेन । नियन्त्रक पौडेलको नैतिक बल र काम गर्ने हुटहुटी हेर्ने हो भने गृह ,अर्थ जस्ता मन्त्रालयमा सरकारले जिम्मेवारी दिन सके आम नागरिक बीच सरकारको लोकप्रियता चुलिन सक्ने प्रतिक्रिया समेत आउन थालेको छ ।