अख्तियार नागरिक समाज समक्ष ऎतिहासिक बन्दै

Nepal Cover
१७ भाद्र २०८२, मंगलवार
image

काठमाडौँ । संबैधानिक निकाय अन्तर्गत पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका प्रदेश मातहतका कार्यालय मार्फत काम गर्दै आइरहेको छ।
आयोग केन्द्रिय कार्यलयको प्रमुख नेतृत्व प्रमुख आयुक्त माननीय प्रेमकुमार राईको सुझबुझ पुर्ण निर्णयले आम नागरिकको तहमा थपआशा जगाएको छ। केन्द्रिय तहमा भएका महत्त्वपूर्ण निर्णयलाई ऎतिहासिक निर्णय भएको भन्दै आयोगलाई धन्यवाद दिनेहरूको संख्या पनि दिनानुदिन बढिरहेको बेला सात वटै प्रदेश कार्यालयले बढो दुरदर्शिताका साथ जिम्मेवारी बहन गरिरहेको देखिन्छ।
यसैबीच केहि पहाडी जिल्ला र मधेस प्रदेशका पर्सा ,बारा र रौतहट सहितको एघार जिल्लाभर सुशासनको निम्ति काम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा कार्यालय प्रमुख फेरिएका छ्न्।
लामो समय लेखा प्रशासनको क्षेत्रमा काम गरि दर्बिलो अनुभव सगाल्नु भएका रामकृष्ण पुडासैनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। आयोग कार्यालय टङ्गालले जिम्मेवारी दिए संगै हेटौंडा कार्यालय प्रमुखमा पुडासैनी हाजिर भै कामको जिम्मेवारी समालि सक्नुभएको बताइएको छ। हेटौंडा कार्यालयले हेर्ने मधेस जिल्लामा सुशासनको क्षेत्रमा अत्याधिक उजुरी आउने गरेको छ। कतिपयले आफुले भने अनुसारको नभए पछि अख्तियार लगाइदिएर ठिक पार्छु भन्ने एकाथरी छ्न् भने अर्कोथरीको नियत नै कसरी कमाउने सम्बन्धीत निकायलाई प्रभावमा पार्ने सम्मका खेल खेल्ने खेलाडी बीच आफुलाइ उतार्नु पर्ने र चुनौतीलाई चिर्नु पर्ने हेटौंडा कार्यालय प्रमुखको अतिरिक्त अनुभव सम्म रौतहटको निम्ति खर्चिनु पने देखिन्छ।
एडिबी लगायतका विभिन्न महत्त्वपूर्ण निकायमा काम गरेर खारिनुभएका पुडासैनीको अख्तियार सुर्खेत कार्यालय भन्दा हेटौंडा कार्यालयको कार्य सम्पादन उत्कृष्ट बन्ने अपेक्षा समेत गरिएको छ।।