October 5, 2020
भीमा पन्थी, सिरहा । लकडाउन यता बलात्कारका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् । पछिल्लो समय जनता अलिक शिक्षित भएर घटनाहरु धेरै बाहिर आउने गरेका छन् । तर पनि कुनै कुनै समाजमा अझैपनि विभिन्न पक्षहरु मिलेर बलात्कार जस्ता घटनाहरु लुकाईने गर्छ । यसको जलन्त उदाहरण सिराहमा भेटीएको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ मा गएको १२ असोजमा एक बालीकाको बलात्कार भयो । तत्पश्चाल त्यहाँका पञ्चहरुले बलात्कारीलाई ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाए । घटनालाई प्रहरीसम्म नपुर्याउने उनीहरुका जोड बल रहेको थियो ।
स्थानीय सिँघेश्वर साहका २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेका थिए । बलात्कारको घटना घटेपछि स्थानिय ‘पञ्च’हरुले घटनालाई गाउँमै मिलाउने भन्दै बलात्कारीसंग पाँच लाख असुल्ने योजना बनाका हुन् । सोही योजनाका योजनाकार बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्याम सुन्दर यादव रहेका छन् । उनीहरुले यसरी घटनालाई बाहिर नल्याउने योजना बनाएका थिए ।
तर कुन चै आफ्नो दाजुभाइले आफ्ना चेलीको इज्जत पैसामा साट्न सक्छर ? बलत्कृत युवतीका भाइले बलात्कारी मुकेसलाई कुटेर शक्त घाइते बनाए । दाजुले मुकेलाई कुटेपछि घटना एकाएका बाहिरीयो । अहिले प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गरेको छ । घटनामा संलग्नलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार बलात्कारमा संलग्नलाई जोगाउन स्थानिय पञ्चहरुले बलात्कारी र पीडित परिवारविच पाँच लाखको कपाली तमासुक गराएका छन् ।
प्रकाशित मिति:October 5, 2020
April 23, 2025
April 23, 2025