काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको छ । समिति सभापतिका लागि शुक्रबार हुन लागेको निर्वाचनमा कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
निर्वाचनको मिति तोकिएको सभापतिका लागि आज दिउँसो २ देखि ४ बजेसम्म उमेदवारी मनोनयनको कार्यसूची छ ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिएका थिए ।
राज्यव्यवस्थामा यसअघि सुनुवाइ समिति सभापति न्यौपाने सभापति बनिसकेकी छन् । न्यौपानेको रिक्त स्थानमा खतिवडालाई सभापति बनाउन लागिएको हो ।