काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नासु राम प्रसाद धमलालाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत बापत बाह्र हजार रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालयबाट खटिई गएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ शान्तिनगर स्थित यातायात चोकबाट उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् ।
धमलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।