सरकारको अल्टिमेटम पछि अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चल्छ ?

Nepal Cover
१९ भाद्र २०८२, बिहीबार
image

काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो ।

बिहीबार सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइसकेको छ । 

अब फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्धपछि कुन–कुन चल्छन् भन्ने चासो बढेको छ । सरकारको आग्रहबमोजिम यसअघि नै नेपालमा टिकटक, भाइबर, वीटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् ।

टेलिग्राम र ग्लोबल डायरीले पनि सूचीकरणका लागि मन्त्रालयमा आवेदन बुझाइसकेको छ । त्यसैले अब फेसबुक बाहेक अन्य सामाजिक सञ्जाल नचले पनि नेपालमा दर्ता भएका टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ चल्ने देखिएको छ । 

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको थियो ।