कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Nepal Cover
२२ भाद्र २०८२, आईतवार
image

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ। 

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्नुका साथै उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ। कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही-३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदै छन्।