भोलि जेन-जी पुस्ताको प्रदर्शन, मेरो समर्थन मात्र युवाहरूलाई – बालेन

Nepal Cover
२२ भाद्र २०८२, आईतवार
image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन लागेको ‘जेन-जी आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।

प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै उनले सामजिक सञ्जालमार्फत आफ्नो समर्थन रहेको बताएका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतफूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’