सेयर बजार निरन्तर ओरालो, कारोबार रकम पनि खुम्चियो

Nepal Cover
२२ भाद्र २०८२, आईतवार
image

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११.५२ अंक घटेको छ । योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो ।  आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ ।

कारोबारको मध्य समयपछि बजार बन्द हुँदासम्म नै ओरालोमा रह्यो । ७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो । फाइनान्स ०.१०, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत बढे ।

आइतबार ५८ हजार ८७ पटकको कारोबारबाट १ करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनी, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घट्न दबाब पुगेको हो ।