सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

Nepal Cover
२२ भाद्र २०८२, आईतवार
image

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएकाे छ।

सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।

सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्नेबारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालिएको हो ।

बैठकमा सभापति देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताएका थिए ।