काठमाडौं । भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले कालिकोट पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मासहित ८ जनाविरुद्ध ओहोदाको दुरुपयोग गरी नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कालिकोट साबिक थिर्पु गाउँपालिकाको वडा नं.५ र ६ हाल पलाँता गाउँपालिका वडा नं.८ स्थितमा थोपा सिँचाई आयोजना निर्माण गर्दा भए गरेको कार्य भन्दा बढी रकम भुक्तानी गरी सरकारी रकम हानी नोक्सानी गरेको अख्तियारको दाबी थियो ।
तर उक्त मुद्दामा २०८१ साल पुस ३ गते विशेष अदालतले ओहोदाको दुरुपयोग गरी नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याएको अवस्था नदेखिएको भन्दै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुस्मासहित ८ जनालाई सफाइ दिने फैसला गरेको थियो ।
उक्त फैसला ऋुटिपूर्ण रहेकाले उक्त फैसला बदर गरी निज प्रतिवादीहरू कुस्मासहित माधव कुमार भट्ट,दाना न्यौपाने, पटकबहादुर बस, जानकी कुमारी शाही, मनराज शाही, लोकेन्द्र बम र मोतिपुरा रोकायालाई आरोप मागदावी बमोजिम सजाय हुनुपर्ने माग अख्तियारको माग छ ।