काठमाडौँ । जेन जेड प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काए जेनजीले आगजनी गरेका हुन् ।
जेनजीको आन्दोलन उग्र भएपछि कफ्र्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।