जेनजी आन्दोलन : मृतकको संख्या १४ पुग्यो, १९४ घाइते

Nepal Cover
२३ भाद्र २०८२, सोमबार
image

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ । 

घाइते भएर अस्पताल पुर्‍याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।