जेनजीको प्रदर्शन : मृत्यु हुनेको संख्या १५ पुग्यो

Nepal Cover
२३ भाद्र २०८२, सोमबार
image

काठमाडौँ ।  भ्रष्टाचार र सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयविरूद्ध जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौँमा १५ जनाको मृत्यु भएको छ। बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा गोली लागेका उनीहरूको विभिन्न अस्पतालमा मृत्यु भएको हो।

ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।