काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू

Nepal Cover
२४ भाद्र २०८२, मंगलवार
image

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको आदेशमा आज बिहान ८ः ३० बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कफ्र्यू आदेश जारी गरिएको हो ।

कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।