काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए ।
त्यसपछि प्रहरीको घेरा तोडेर अघि बढेको आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगो लगाएको हो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।