काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,’ उनले भनेका छन् ।
बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । ‘याद रहोस् वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका छन् ।
जेनजीहरूको प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिइसकेका छन् ।