प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा आगजनी

Nepal Cover
२४ भाद्र २०८२, मंगलवार
image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा रहेका दुई वटा घरमा आगजनी गरिएको हो । प्रदर्शनकारीले ओलीको निवासमा आगो लगाएका हुन्।

हिजोदेखि सुरू भएको प्रदर्शन आज पनि जारी छ। हिजो भीड नियन्त्रण गर्न प्रहरीले अत्याधिक बल प्रयोग गरेको थियो। जसमा १९ जनाले ज्यान गुमाएका थिए।

नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वःस्फूर्त रुपमा मानिसहरू सडकमा उत्रिएका छन्।  सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन्।