प्रधानमन्त्री कार्कीको पहिलो निर्णय

Nepal Cover
२९ भाद्र २०८२, आईतवार
image

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयस्वरूप जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गरेकी छन्। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरिएको छ।

आज पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।

त्यसै गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।