बनेपामा ७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

Nepal Cover
२९ भाद्र २०८२, आईतवार
image

काभ्रे । बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उक्त गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन्।

प्रहरीका अनुसार बरामद भएको गोलीको स्रोत, प्रयोग गर्ने उद्देश्य र अन्य संलग्नता सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।