काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।
उहाँले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो,’ पुडासैनीले भने, ‘राष्ट्रपति कार्यालयबाट उहाँले राजीनामा दिएको जानकारी आज आएको जानकारी दिए ।’
बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।