खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने

Nepal Cover
३० भाद्र २०८२, सोमबार
image

काठमाडौँ। सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्।


आजै सपथ ग्रहणमा जानुआगाडिनै उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने घोषणा गरेका हुन्।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि खनालले सरकारी सेवा सुविधा नलिइ काम गरेका थिए।