शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान

Nepal Cover
३० भाद्र २०८२, सोमबार
image

काठमाडौँ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतल निवासमा शपथ लगत्तै उनी घाइते भेट्न हिँडेका हुन् ।

उनले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रूप लिने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।