तीन मन्त्री खनाल, घिसिङ र अर्यालमध्ये को पहिलो वरीयतामा ?

Nepal Cover
३० भाद्र २०८२, सोमबार
image

काठमाडौं । अन्तरिम चुनावी सरकारको मन्त्रिपरिषद्मा पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए ।

शपथपछि राष्ट्रपति कार्यालयले पठाएको पत्रमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो नम्बरमा राखिएको छ ।

यसैगरी दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई राखिएको छ भने तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री मातहतमा रहनेछन् ।