ऊर्जामन्त्री घिसिङद्वारा पदभार ग्रहण, डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय

Nepal Cover
३० भाद्र २०८२, सोमबार
image

काठमाडौँ । नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री  कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणसँगै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।

मन्त्री घिसिङले विद्युत क्षेत्रको सुधार र पारदर्शिता कायम गर्न प्राथमिकता दिने बताए।