काठमाडौं । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे संगै घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् ।
उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् । यसअघि सोमबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।