घिमिरे गण्डकी प्रदेश प्रमुख सचिवमा बढुवा

Nepal Cover
३१ भाद्र २०८२, मंगलवार
image

काठमाडौँ । वरिष्ठ सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

बैठकले पहिलो नम्बरमा घिमिरे, दोस्रो नम्बरमा शिक्षा सेवाका कृष्ण काप्री र तेस्रो नम्बरमा वैकुण्ठ अर्यालको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा ज्येष्ठताको आधारमा पहिलो नम्बरमा सिफारिस भएका घिमिरे सचिव भएका हुन् ।