भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Nepal Cover
३१ भाद्र २०८२, मंगलवार
image

काठमाडौं ।  यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो ।

भारतीय आयल निगले ३० भदौमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ४६ पैसा बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।

हाल चाडपर्वको अवसर तथा मुलुकको आर्थिक अवस्था जटिल बन्दै गइरहेका बेला नेपाल आयल निगमले उपभोक्तालाई थप मूल्य भार नपरोस् भनेर खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। निगमका अनुसार मूल्य स्थिर राखेर देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्ने प्रयासस्वरूप खुद्रा मूल्य यथावत राखिएको हो।

निगमले बढ्दो अन्तर्राष्ट्रिय मूल्य र भारतीय आपूर्तिकर्ताबाट बढेर आएको मूल्यका बाबजुद उपभोक्तामैत्री नीति अपनाउँदै आएको जनाएको छ।