पशुपति आर्यघाटमा जेनजी आन्दोलनका मृतकको सामूहिक अन्त्येष्टि गरिँदै

Nepal Cover
३१ भाद्र २०८२, मंगलवार
image

काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सामूहिक अन्त्येष्टि गरिँदैछ।

 महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्र गरी पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गर्ने तयारी छ ।

आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो।

१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने बताइएको छ।

विमानस्थल पुर्‍याइने शव उपत्यकाबाहिरका भएकाले गृहजिल्ला लगेर अत्येष्टि गरिने भएको हो।