जेनजी आन्दोलनका मृतकलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, शवयात्रामा मन्त्री कुलमान र ओमप्रकाश सहभागी

Nepal Cover
३१ भाद्र २०८२, मंगलवार
image

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएकाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारजन र आफन्तले शवयात्रा निकाल्ने तयारी गरेका छन् ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मृतकका परिवार र आफन्तले शवयात्रा गर्दै आर्यघाट पुर्‍याएका थिए । त्यहाँ सुरक्षा निकायले सलामीसहित सम्मान गरेको थियो । सरकारले उनीहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।