वैदेशिक रोजगार ठगीका बर्षौ देखी फरार अभियुक्त पक्राउ

  Sampatti News

October 5, 2020

काठमाडौ । अपराध अनुसन्धान महाशाखाले आफनो सकृयता ह्वात्तै बढाएको छ। कहिले ठगीमा समलग्न हरुको पाताकसिएको छ भने कहिले म्याद सकिएका खाद्यवस्तुमा नयाँ मिति जारी गर्ने सहित मिसावट गर्नेहरुलाई आफनो निसाना बनाएको अपराध अनुसन्धानले आज वैदेशिक रोजगारीका नाममा ठगीगरि बर्षौ बेपत्ता भएका ठगलाइ नियन्त्रण गर्न सफल भएको छ। प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारी दिने नाममा ठगिएको भन्दै सृजना दोङ समेतको जाहेरले वादी नेपाल सरकार प्रतिवादी तुल बहादुर तामाङ समेतले रु. ४६ लाख ५० हजार ठगी गरेको वैदेशिक रोजगार कसूर मुद्दामा निज प्रतिवादीहरु तुल बहादुर तामाङ समेतलाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४।०५।११ को फैसला आदेशले जनही १ वर्ष ६ महिना कैद र रु.१ लाख ५० हजार जरिवाना ठहर भएको थियो । जरिवाना ठहर मुद्दाका फरार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साविक माङ्खा गा.वि.स. वडा नं.०७ परिवर्तित ऐ. बलेफि गा.पा. वडा नं.०६ घर भई हाल जिल्ला काठमाण्डौ बौद्ध आरुबारी बस्ने वर्ष २८ को भिम बहादुर तामाङलाईआज पक्राउ परेका हुन। अपराध महाशाखाबाट खटिएका प्रहरीले मिति २०७७।०६।१८ गते दिउँसो २ बजे बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. –६ बौद्ध स्तुपामा फेला पारी निजलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी मिति २०७७।०६।१९ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत, ववरमहल पेश गरेको समाचार जानकारी आएको छ। समाचार श्रोतका अनुसार सो मुद्दाका अर्का प्रतिवादी तुल बहादुर तामाङलाई समेत यसै कार्यालयबाट मिति २०७७।०६।१६ गते का.जि.का.म.न.पा. वडा नं.–२८ डिल्लीबजारबाट पक्राउ गरी काठमाण्डौं जिल्ला अदालत, ववरमहल पठाईसकेको छ।अपराध महाशाखामा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापा आइसकेपछि उपत्यकाबाट अपराधीहरु कानुनी कठघरामा भटाभट पर्न थालेका सङै अपराध कार्यमा संलग्नहरुको निद हराम भएको बताइन थालेको छ।

प्रकाशित मिति:October 5, 2020