असोज महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

Nepal Cover
१ आश्विन २०८२, बुधबार
image

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल देशमा संचालित २० वटा वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् ।

असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका लागि स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका हुन् ।

ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् ।

असोजमा कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

असोज महिनाको लागि स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । साथै, असाज महिनाको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, माछापुच्छे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।