सिंहदरबारमा जलेका सवारीसाधन हटाउन मन्त्री घिसिङको निर्देशन

Nepal Cover
१ आश्विन २०८२, बुधबार
image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

उनले सामान्य आगलागी भएका भवनको बाहिरी भागमा रङरोगन गर्ने, क्षति भएका सवारीसाधन हटाउने र क्षतिको मूल्यांकन गर्ने काम छिटो सम्पन्न गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने जानकारी पनि दिएका छन् ।

सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।