कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि को-को मारिए ? (नामसहित)

Nepal Cover
१ आश्विन २०८२, बुधबार
image

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । नाबाजीसहित जेल तोडेर बलजफ्ती निस्कन थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलानु परेको छ ।
बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका १० जना कैदीबन्दीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका बन्दीहरू २१ वर्षीय उमेश विष्ट, २० वर्षीय दिनेश घर्तिमगर, २० वर्षीय समीर थापा, १९ वर्षीय जगत देउवा र २१ वर्षीय भूपेन्द्र खत्री छन् । जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा ५१ वर्षीय राजकिशोर यादव, ५८ वर्षीय बिरु धोबी र ४० वर्षीय मनोज महतोको मृत्यु भएको हो । जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा ६१ वर्षीय जित बहादुर घले र ३६ वर्षीय इन्द्र बहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यहि भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । अझै केही घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।