विद्युत् विकास विभागका महानिर्देशक जीवछकाे घोषणा आधा तलब शहीद सहयोग कोषमा दिने

Nepal Cover
२ आश्विन २०८२, बिहीबार
image

काठमाडौं । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले आफ्नो आधा तलब शहीद सहयोग कोषमा दिने घोषणा गरेको छ । ऊर्जा मन्त्री कुलमान घिसिङले गत भदौ २० गते पदभार ग्रहण गर्दै कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो सम्पूर्ण तलब तथा भत्ता शहीद सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका थिए।

मन्त्री घिसिङको उक्त निर्णयबाट प्रेरित हुँदै विद्युत् विकास विभागका महानिर्देशक मण्डलले पनि सोही दिन विभागका कर्मचारीलाई भेला गरी आगामी निर्वाचनसम्म आफ्नो मासिक तलबको ५० प्रतिशत सोही कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। उनले सहकर्मी कर्मचारीहरुलाई पनि यस सत्कार्यमा सहभागी हुन आह्वान गरेका छन्।

‘शहीदको सम्मानका लागि मैले मेरो आधा तलब शहीद सहयोग कोषमा दिने निर्णय गरेको हुँ । महानिर्देशक मण्डलले बिहीबार मन्त्रीज्यूको पुनीत कार्यले अन्य कर्मचारीलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले मैले यो कदम चालेको हुँ।’

यसै क्रममा मण्डलले सहयोग गर्न इच्छुक कर्मचारीहरुलाई विभागको लेखा शाखामा सम्पर्क गर्न आग्रह गरेका छन्।