सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२ आश्विन २०८२, बिहीबार
image

काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य ९ सय रुपैयाँले घटेर तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको मुल्य घटेर २ लाख १६ हजार १ सय रुपैयाँ थियो ।

आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य २ हजार ५ सय ५० रुपैयाँ थियो ।