जेन-जी आन्दोलन– २० अर्ब ७० करोडको बीमा दाबी !

Nepal Cover
२ आश्विन २०८२, बिहीबार
image

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको भौतिक क्षतिका कारण नेपालका निर्जीवन बीमा कम्पनीहरूमा ठूलो संख्यामा दाबी दर्ता भएको छ । 

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार, भदौ ३१ गतेसम्म कुल १ हजार ९ सय ८४ वटा बीमा दाबी दर्ता भएका छन् । दाबी रकम भने २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ पुगेको छ ।

दि ओरियण्टलमा पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दाबी सङ्ख्या ४० वटा रहेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा २५८ वटा दाबी बापत चार अर्ब ९३ करोड २२ लाख, शिखर इन्स्योरेन्समा ३६६ वटा दाबी बापत कुल दुई अर्ब ३९ करोड चार लाख र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ बीमा दाबी परेको छ ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँ दाबी परेको छ ।

अन्य ११ वटा कम्पनीमा एक अर्कभन्दा कम बीमा दाबी परेको छ । यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँको दाबी पर्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ५१ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख बीमा दाबी पर्दा एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ बीमा दाबी परेको छ । प्रभु

इन्स्योरेन्समा १९ करोड १८ लाख, नेशनलमा ६ करोड ८२ लाख, प्रोटेक्टिभमा १ करोड १३ लाख, स्टार माइक्रोमा ६७ लाख, नेपाल माइक्रोमा ५६ लाख र ट्रस्ट माइक्रोमा ४२ लाख बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

बीमा दाबी परेकाहरूको तत्काल भुक्तानी गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन समेत दिएको छ ।