एमालेले गरेकाे कार्यक्रममा देखिएनन् ओली

Nepal Cover
३ आश्विन २०८२, शुक्रबार
image

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । केन्द्रीय कार्यालय च्यासलमा आयाेजित कार्यक्रममा ओली अनुपस्थित भएका हुन् ।

महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । कार्यक्रममा ओली उपस्थित हुने वा नहुने भन्ने एमालेले कुनै जानकारी दिएको छैन ।

जेन जेड युवा आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् । उनी बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका हुन् । सेनाको ब्यारेकबाट बाहिरिएपछि ओली गुड्डुस्थित भाडाको घरमा बसेका छन् ।