‘सरकारले हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने, कुलमान घिसिङ

Nepal Cover
३ आश्विन २०८२, शुक्रबार
image

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने जनाएको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका  कुलमान घिसिङले सो जानकारी दिएका हुन् ।

यसैअनुसार सिंहदरबार परिसरभित्रका मन्त्रालयमा रंगरोगन सुरु गरिएको छ । आगो र धुवाँले कालो देखिएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन सुरु गरिएको हो ।

आज बिहानदेखि अर्थ मन्त्रालयमा सेतो रंग लगाउने क्रम जारी छ । मजदुरहरुले बाँसको अग्लो भर्‍याङ बनाएर रंग लगाइरहेका छन् ।