प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार

Nepal Cover
६ आश्विन २०८२, सोमबार
image

काठमाडौँ । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । 

राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस हुनुभएको छ । उहाँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । 

त्यसै गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीमा महावीर पुन सिफारिस हुनुभएको छ । उहाँ राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक एवं वैज्ञानिक अनुसन्धाता हुनुहुन्छ । कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार सिफारिस हुनुभएको छ । उहाँ समता फाउन्डेसनका अध्यक्ष तथा संविधान सभाको राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका अध्यक्षको जिम्मेवारीमा रहिसक्नुभएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा सिफारिस हुनुभएको छ । उहाँ स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा हुनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल सिफारिस हुनुभएको छ । अढाइ दशकभन्दा लामो समय पत्रकारिता गर्नुभएका उहाँ इमेज टेलिभिजनमा समाचार प्रमुख हुनुहुन्थ्यो ।