यी हुन् मन्त्रिपरिषद्का‍ ९ निर्णय

Nepal Cover
६ आश्विन २०८२, सोमबार
image

काठमाडौं । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्नेलगायत निर्णय गरेको हो।

यी हुन् बुँदागत रूपमा मन्त्रिपरिषद्‌का ९ निर्णय:

-जेन-जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन

-राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त ।

-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त 

-सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीको सरुवा।

-आन्दोलनमा भएको क्षतिको मूल्यांकन गर्न समिति गठन र पुनर्निर्माण कोष गठन गर्ने।

-आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन र औजार लिलाम गर्ने।

-तीन करोडभन्दा कम लागतका योजना अघि नबढाउने।

-जेन-जी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था।

-सरकारी खर्चमा व्यापक कटौती गर्ने।